मोरङ – कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गरेका छन् ।
मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा चोकको वनखण्डी मन्दिर अगाडि अनसन सुरु गरेपछि उनलाई प्रहरीले निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिएर घर पुर्याइएको थियो । ‘निषेधित क्षेत्रमा अनसन बसेपछि उहाँलाई नियन्त्रणमा लिई उहाँकै घर लगेर छाडिएका थियौं, अहिले निषेधित क्षेत्रभन्दा बाहिर बसेर उहाँले पुनः अनसन सुरु गर्नुभएको छ,’ उनले भने ।
१० वर्षमुनिका बालबालिकाको विशिष्टिकृत उपचार सेवा निःशुल्क हुनुपर्ने लगायत माग राखेर पूर्व मुख्यमन्त्री कार्कीले मंगलबारदेखि अनसन सुरु गरेका छन् ।
कार्कीले मंगलबार अपराह्न ४ बजेदेखि अनसन सुरु गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले विराटनगर–७ स्थित देवकोटा चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।




प्रतिक्रिया