सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

अमेरिकाले सन्दीपलाई मंगलबार भिसा दिएको हो।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ।

भिसा पाएसँगै सन्दीप पनि क्यानडा उडेका छन्।

क्यानडामा लिग–२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ।

केही महिनाअघि टी–२० विश्वकपका लागि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यसपटक भने दिएको हो। यसअघि २०१९ मा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्विकार गरेको थियो ।