काठमाण्डु-विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिदेशीय खेलका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा स्थानीय टोलीलाई ६६ रनले हराएको छ । टोरोन्टोमा गएराति भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जगुवार्सलाई ६६ रनले पराजित गरेको हो ।
नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा एक सय ८१ रनमा अलआउट भयो । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४७ ओभर ५ बलमा २ सय ४७ रनमा अलआउट भएको थियो ।
क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।




प्रतिक्रिया