दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पक्राउ परेका मेडिकेल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले तीन दिन थुनामामा राख्न अनुमति दिएको छ।

आइतबार दिउँसो पक्राउ परेका प्रसाईंलाई साइबर ब्युरो हुँदै काठमाडौँ जिल्ला अदालत लगिएको थियो।

जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएपछि प्रहरीले पक्राउ पूर्जी लिएको थियो ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।