सामाजिक सञ्जालमा भेटिने सेयरबजार विश्लेषकको विश्वास नगर्न नेप्सेको आग्रह

सामाजिक सञ्जालमा भेटिने सेयरबजार विश्लेषकको विश्वास नगर्न नेप्सेको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सेयरबजार विश्लेषकको विश्वास नगर्न लगानीकर्तालाई आग्रह गरेको छ।

हालसम्म आधिकारिक रुपमा कुनै पनि विश्लेषक नियुक्त नगरेको भन्दै नेप्सेले लगानीकर्तालाई विश्वास नगर्न भनेको हो।

बजार घटबढलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका विश्लेषकहरू देखिँदै आएका छन्।

फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जालमा वा आम विश्लेषणलाई आधार बनाएर लगानी गर्दा जोखिममा पर्न सक्ने भन्दै नेप्सेले सचेत गराएको हो।