सम्पर्कमा नरहेका २४ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन (नामसहित)

सम्पर्कमा नरहेका २४ प्रहरीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सम्पर्कमा नरहेका २४ जना प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ ।

आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचनामार्फत् सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

उपस्थित हुँदा गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

गैरहाजिर भएकाहरूमा तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबल्दार र १९ जना प्रहरी जवानका छन् ।