इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरेर काठमाडौँ ल्याइएको हो ।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भूपेन्द्र बोहोरा, काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय कबिर बुढाथोकी (रियाज), इन्द्रसरोवर गाउँपालिका–५ का २६ वर्षीयरोमन कार्की छन् ।

भूपेन्द्र र कबिर ठगी मुद्दामा फरार रहेका थिए भने रोमन जबर्जस्ती करणी मुद्दामा फरार रहेका थिए ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।