भारतले चिनियाँ कम्पनीलाई बेच्यो नेपालको खोला

भारतले चिनियाँ कम्पनीलाई बेच्यो नेपालको खोला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ। भारतीय कम्पनी जीएमआरले माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत् आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो।

त्यही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ। ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो। यो बेचबिखनलाई लगानी बोर्डले समेत स्वीकृत गरिसकेको छ।

लाइसेन्स बेचेबापत प्राप्त हुने रकम भारत लैजान जीएमआरले राष्ट्र बैंकको अन्तिम स्वीकृति पाउन लागेको छ। बेचबिखनको तारतम्य नेपाल सरकारको आंशिक लगानी रहेको बुटबल पावर कम्पनी (बीपीसी) ले मिलाएको हो। जीएमआरले उक्त रकम लैजान राष्ट्र बैंकले स्वीकृति दिन लागेको राष्ट्र बैंकको विदेशी विनिमिय व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए।

‘लगानी बोर्डबाट स्वीकृत भई आएकाले राष्ट्र बैंकले पनि स्वीकृति दिने अन्तिम प्रक्रियामा छ’, ढुंगानाले भने, ‘राष्ट्र बैंकले स्वीकृति दिन्छ।’ जीएमआरले लाइसेन्स बेच्ने समझदारीपत्र ९एमओयू० गरेकोले लगानी बोर्डको स्वीकृति मागेको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए। ‘जीएमआर काम गर्न सकिएन भन्दै आयो। वित्तीय सहयोगका लागि पनि बेच्नुपर्ने भनेपछि हामीले पनि स्वीकृति दियौं,’ अधिकारीले भने।यो समाचार आजको  अन्नपूर्ण पोस्ट दैनिकमा छ ।