बाढी, पहिरोको विषयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

बाढी, पहिरोको विषयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-गृहमन्त्री रमेश लेखकले बाढी पहिरोसहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

बैठक बिहान १०ः३० बजे सिंहदरवारस्थित गृहमन्त्रालयमा बस्दै छ ।

देशका विभिन्न स्थानमा भइरहेको वर्षा, बाढी, पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन समेत गहृमन्त्री लेखकले आग्रह गरेका छन् ।