कांग्रेसले विपद् कोषमा ५० लाख जम्मा गर्ने, पार्टीको सय दिने अभियान स्थगित

कांग्रेसले विपद् कोषमा ५० लाख जम्मा गर्ने, पार्टीको सय दिने अभियान स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

राहत कोषमा रकम सहयोग गर्नका लागि सांसदहरुले १५ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय गरिएको छ ।

आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले पीडित राहत कोषमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले पार्टी संरचनालाई उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएको छ ।

यस्तै, पार्टीको सय दिने अभियान स्थगन गरेको छ । प्रवक्ता डा. महतले कोजाग्रत पूर्णिमा सम्मका लागि अभियान स्थगन गरिएको जानकारी दिए । साथै कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय भएको उनले बताए ।

उनले सम्पूर्ण पार्टी पंक्तिलाई बाढी पहिरोबाट पिडित जनताको उद्धार र राहत कार्यमा केन्द्रित हुने निर्णय गरेको जानकारी दिएका छन् ।