परीक्षा बोर्डद्वारा गल्ती स्वीकार, डबल डिजिट नम्बर चढाउँदा समस्या

परीक्षा बोर्डद्वारा गल्ती स्वीकार, डबल डिजिट नम्बर चढाउँदा समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डको सिंगल डिजिट लब्धाङ्कपत्र प्रिन्ट गर्नुपर्नेमा डबल डिजिट नम्बर चढाउँदा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी समस्यामा परेका छन् ।

बोर्डको निर्देशनमा एक डिजिट नम्बर प्रिन्ट हुनुपर्ने उल्लेख छ । तर लब्धाङ्कपत्र प्रिन्ट गर्दा दुई डिजिट देखिएको छ । दुई डिजिट नम्बर देखिएपछि विदेशी निकायले सो लब्धाङ्कपत्र नक्कली भएको आशंका गर्दै विद्यार्थी फर्काउने गरेको छ ।

बोर्डका एक उच्च अधिकारीले लब्धाङ्कपत्रमा देखिएको लापरबाहीले सयौँ विद्यार्थी समस्यामा परेको जानकारी दिदैँ भने– ‘लब्धाङ्कपत्र प्रिन्ट गर्दा मनोमानी गरेकाले समस्या भएको हो ।’यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।