पप्पु कन्स्ट्रक्सनको ठगीः चार वर्षमा पनि पुलको पिलर नै बनाएन

पप्पु कन्स्ट्रक्सनको ठगीः चार वर्षमा पनि पुलको पिलर नै बनाएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट – पप्पु कन्स्ट्रक्सनले उदयपुरको गिदेरी खोलामा पुल निर्माण अलपत्र छाडेको छ। बेलका नगरपालिका–३ रातापानी र सातपत्रेको बीचमा पुल बनाउन ठेकेदारले लापरवाही गरेको हो। म्याद सकिएको १५ महिनामा पनि २० प्रतिशत मात्र काम भएको छ।

उदयपुरको तपेश्वरी र सप्तरीको फत्तेपुरवासीलाई रामपुर हुँदै सुनसरीको धरानसम्म आवतजावतका लागि २०७१ असारमा पुल निर्माण थालिएको थियो। पप्पु कन्स्ट्रक्सन पोखरिया पर्सारमृत सञ्जीवनी जेभी बानेश्वरले २०७४ असारको म्याद राखी ठेक्का सकारेका थिए।

नाकाबन्दी, बन्दहडतालजस्ता बहाना बनाउँदै कम्पनीले तोकिएको समयसीमामा ५ प्रतिशत मात्र काम गरेको थियो। पुनः २०७५ असारभित्र काम सम्पन्न गर्ने गरी एक वर्ष म्याद थप गरिएको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।