अवैध लागूऔषध गाँजासहित १ जना पक्राउ

अवैध लागूऔषध गाँजासहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – जिल्लाको लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित भारतको सितामडी थाना बेला बथौडा ग्राम पञ्चायत मुजलिया बस्ने २० वर्षीय शंकर रामलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले लालबन्दीबाट जब्दीतर्फ जाँदै गरेको बीआर ३० टी ४०२५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा गाँजा फेला पारी चालक शंकरलाई पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।