१८.२५ अंकले घट्यो नेप्से

१८.२५ अंकले घट्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ अंकमा ओर्लिएको छ । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स २.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२० अंक घटेको छ।

साताको अन्तिम कारोबार दिन एक करोड २२ लाख ८३ हजार छ सय २३ पटकको सेयर कारोबारमा ५ अर्ब ४१ करोड, ९१ लख चार हजार १५७ रूयैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज एसबिआई बैंकको शेयरमूल्य सर्वाधिक ९.७५ प्रतिशत बढेको छ। रावा इनर्जी डेभलपमेन्टको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८८ रुपैयाँ ८० पैसा घटेर ७९९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।