दाना चक्रवातको प्रभाव कायमै,आज यी स्थानमा हुनेछ वर्षा

दाना चक्रवातको प्रभाव कायमै,आज यी स्थानमा हुनेछ वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पुर्वानुमान गरेकाे छ।

हाल देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को अंशको आंशिक प्रभाव रहेको शनिबार बिहान कोशी प्रदेशमा आंशिकतदेखि साधारणतया बदली रहेको र अरू प्रदेशहरूमा आंशिक प्रभाव रहेको पनि जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखी साधारणतया बदली र बांकी भू-भागमा आंशिकखी मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।