आगामी रणनीति तय गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

आगामी रणनीति तय गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आफ्ना सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको रास्वपाले भावी रणनीति तय गर्न केन्द्रीय समितिको बेठक बोलाएको हो ।

नेता शिशिर खनालका अनुसार बैठक शनिबार दिउँसो १ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध गरी तीनवटा एजेन्डा तय गरिएको खनालले बताए ।

पार्टी सभापति लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको जनाउदै आएको रास्वपाले बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ ।
त्यस्तै बैठकले पछिल्लो घटनाक्रमबारे पार्टी थप निर्णय लिने खनालले बताए ।