१४ सयले बढेर सुनको भाउले राख्यो नयाँ रेकर्ड

१४ सयले बढेर सुनको भाउले राख्यो नयाँ रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला १४ सयले बढेसँगै नेपाली बजारमा सुनको भाउ हालसम्मकै सबैभन्दा बढी भएको हो ।

शुक्रबार प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आज १ लाख ६७ हजार ४ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । शुक्रबारको भन्दा १५ रूपैयाँले बढेको चाँदी २ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।