१७ निर्माण व्यवसायीलाई स्पष्टिकरण पेश गर्न निर्देशन

१७ निर्माण व्यवसायीलाई स्पष्टिकरण पेश गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ वटा निर्माण व्यवसायी÷आपूर्तिकर्तालाई लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

कार्यालयले सोमवार सूचना जारी गर्दै कालोसूची राख्न नपर्ने कारणबारे लिखित स्पष्टिकरण पेश गर्न भनेको हो ।

कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टिकरण पेश गर्न भनेको छ ।