काठमाण्डु–प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनिएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक रद्द भएको छ ।
सोमबार दिउँसो सवा १२ बजे बस्ने भनिएको संसद् समितिको बैठक रद्द भएको हो ।
सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने तयारी थियो । तर प्रधानमन्त्रीको सचिवालयले कारण उल्लेख नगरी कार्यक्रम रद्द भएको जानकारी दिएको हो ।
आज समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको थियो ।




प्रतिक्रिया