उपसभापति गुरूङमाथि अनुसन्धान गर्न महामन्त्री थापाकाे माग

उपसभापति गुरूङमाथि अनुसन्धान गर्न महामन्त्री थापाकाे माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङमाथि अनुसन्धान गर्न महामन्त्री गगन थापाले माग गरेका छन्।

काठमाडौंमा सोमबार राष्ट्र बैंकका कर्मचारीहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले उपसभापति गुरूङको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको हल्ला चलेको बताउदै अनुसन्धान गर्न सरकारसँग माग गरेका हुन्।

‘कांग्रेसका उपसभापति धनराज गुरूङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ, सहकारीसम्बन्धी संसदीय समितिमा पनि यस विषयमा छलफल भयो, बहस भयो र थप अनुसन्धान गर्नुपर्छ, म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु–बकाइदा अनुसन्धान गर्नुस्। अनुसन्धान गर्नु पनि पर्छ,’ महामन्त्री थापाले भने।

साथै उनले नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गरि गल्ती गरेको भए कारवाही गर्न सरकारलाई आग्रह गरेका छन्।

गल्ती गरेको छ भने कांग्रेस, एमाले, रास्वपा जो भए पनि कारबाहीको दायरामा आउनुपर्ने उनले बताए।