काठमाण्डु – झापाको का बुद्धशान्ति गाउँपालिका–२ वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध सेवाग्राहीसँग घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ओलीले सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिएको अनुसन्धानमा देखिएपछि अख्तियारले मुद्दा चलाएको हो । उनीविरुद्ध ८० हजार रुपैयाँ बिगो कायम गरी त्यही बराबर जरिवाना समेत असुल गर्नुपर्ने र कैद हुनुपर्ने दाबी अख्तियारले रिटमा गरेको छ ।
आयोगले ओलीलाई सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कामका लागि घुस लिइसकेपछि आयोगले नियन्त्रणमा लिएको थियो । जग्गा पास गर्नेसम्बन्धी वडा कार्यालयमा भएको सहमति निर्णय कार्यान्वयन गराउने क्रममा वडाध्यक्ष ओलीले घूस लिएका थिए ।
आयोगको अनुसन्धानबाट घूस लिएको प्रमाणित भएपछि मुद्दा दायर भएको हो । मुद्दा दायर भएसँगै वडाध्यक्ष ओली स्वतः निलम्बनमा परेका छन् ।




प्रतिक्रिया