रास्वपा केन्द्रीय समिति बैठक बस्दै

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शनिवार बस्दैछ ।

बैठक पार्टी कार्यालय चःमति वनस्थलीमा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुनेछ ।

यसका साथै बैठकमा मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।

बैठक उपसभापति डोलप्रसाद अर्यालको अध्यक्षमा बस्नेछ । सभापति रवि लामिछाने भने अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । उनी सहकारी ठगीसम्बन्धी प्रकरणमा अनुसन्धानका गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।