जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो : डीपी अर्याल

जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो : डीपी अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै रहने बताएका छन् ।

पोखरामा भएको प्रदर्शनको क्रममा बोल्दै अर्यालले लामिछानेले जेलमै बसेर पार्टी चलाउने बताएका हुन् ।

उनले भने ‘म यहाँहरुलाई यो मन्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामीछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो’, उनले भने, ‘यसमा कसले कार्यबाहक सभापति पाउँछ, पाउँदैन गौण कुरा हो । त्यसकारण यहाँहरुलाई विश्वस्त पार्न चाहन्छु । उहाँ जहाँ बस्नुहुन्छ । हिरासत रहनुहोला । जेलमा रहनुहोला । रास्वपाको सभापति रवि लामिछाने नै हो ।’

लामिछानेले अहिले कास्की हिरासदमा रहेका छन् भने रास्वपाका कार्यकर्ताहरु लामिछाने पक्राउ परेदेखि नै निरन्तर आन्दोलन गरिरहेका छन् ।