रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाण्डु– जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हाे  ।

अनुसन्धानका लागि अदालतले कात्तिक १४ मा दिएको १० दिनको म्याद शनिवार राति सकिएसँगै प्रहरीले उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

सहकारी ठगी र संगठित अपराधमा कात्तिक २ मा पक्राउ परेका लामिछानेको अनुसन्धान जारी रहेकाले आइतवार पनि प्रहरीले थप म्याद माग्ने जनाइएको छ । यसबीच आफ्ना सभापतिको पक्षमा निरन्तर आन्दोलनमा उत्रिएको रास्वपाले आइतवार पोखरामा प्रदर्शन गर्ने तयारी गरेको छ ।