चिडियाखानामा अफ्रिकाका नयाँ पाहुना ‘सानु’ र ‘सानी’

चिडियाखानामा अफ्रिकाका नयाँ पाहुना ‘सानु’ र ‘सानी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ । अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी टापुमा मात्रै पाइने यो जन्तुलाई चिडियाखानाले प्रदर्शनीमा राखेको हो ।

बाँदर प्रजातिको एक जोडी भाले पोथी ‘रिङटेल्ड लिमुर’ लाई विशेष प्रकृतिको खोर निर्माण गरी गत शुक्रबारदेखि चिडियाखानाले प्रदर्शनीमा राखेको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।