उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त (सूची)

उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त भएका छन् । निर्वाचन आयोगले आज (सोमबार) देखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकिएका छन् । ।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको हो।

उपनिर्वाचनको निर्धारित कार्यतालिका अनुसार कार्तिक ३० गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले सम्बन्धीत स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम अगाडि बढाउने छन्।

आयोगले आजै मतदाताको अन्तिम नामावली समेत प्रकाशन गरेको छ।

 

Skip This