काठमाण्डु – गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । मनाङेलाई मंगलबार काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेकाे प्रहरी उच्च स्रोतले जानकारी दियो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो ।
उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ । चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ । मनाङे मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक-पटक मन्त्री समेत बने ।




प्रतिक्रिया