घरको फोहोर सडकमा फ्याँकेको भन्दै काठमाडौं महानगरले तिरायो १० हजार जरिवाना

घरको फोहोर सडकमा फ्याँकेको भन्दै काठमाडौं महानगरले तिरायो १० हजार जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा फ्याँकेको भन्दै आज पनि एक जनालाई जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै कुबेर थापालाई १० हजार जरिवाना गराइएको हो।

हिजो सोमबार सडक हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई २५ हजार जरिवाना गराइएको थियो ।