एमसीए नेपालद्वारा विद्युत् प्रसारण लाइनसम्बन्धी बोलपत्र पुनः आह्वान

एमसीए नेपालद्वारा विद्युत् प्रसारण लाइनसम्बन्धी बोलपत्र पुनः आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले २९७ किलोमिटर विद्युत् प्रसारणलाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत उक्त प्रसारणलाइन निर्माण गरिन लागेको हो ।

लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा माघ १७ माघसम्म तोकिएको छ ।

अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनः बोलपत्र आह्वान गरिएको जनाइएको छ । यसमा परिमार्जित डिजाइन, टावर निर्माणस्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको जनाइएको छ ।

एमसीए नेपालले बुटवल–गोरखपुर प्रसारणलाइनअन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारणलाइन निर्माणका लागि १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ भदौ १४ मा गरिसकेको छ । उक्त प्रसारणलाइन २१ महिनाको अवधिमा निर्माण हुने जनाइएको छ ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, ‘निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किमि खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानहरूका कारण बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्रहरू आकर्षित हुने कुरामा हामी विश्वस्त छौँ ।’