जापानमा एक हजार नेपाली ईन्जिनियरलाई रोजगार

जापानमा एक हजार नेपाली ईन्जिनियरलाई रोजगार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गर्ने अवसर दिने भएको छ । जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, नेम कलेज काठमाडौं नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । कम्पनीका उपाध्यक्ष नाओकी इरेले नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा हालै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालका तीनओटा कलेजसँग समझदारी भएको जनाउँदै उपाध्यक्ष इरेलले सन् २०२१ को मार्चसम्ममा एक हजार नेपाली आईटी ईन्जिनियरलाई रोजगारी दिने योजना रहेको बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।