काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् ।
बिहीबार जमलस्थित प्राधिकरणको कार्यालय अनुगमनपछि मन्त्री गुरुङले सेवा प्रदायकसँग समन्वय गरेर जतिसक्दो छिटो आरटीडीएफ परिचालन गर्न निर्देशन दिए ।
यस वर्ष जसरी भए पनि देशैभर फोरजीको सेवा विस्तार गर्न उनले निर्देशन दिए । उनले काठमाण्डु महानगरपालिकामा फाइभजी सेवा सुरु गर्न लागिएको बताए । उनले आफ्नै सुरक्षण मुद्रण सञ्चालन गर्न लागिएको समेत बताए ।
सुशासन कायम गर्नका लागि पनि डिजिटल नेपालको परिकल्पना महत्वपूर्ण भएको उनले बताए । सबै स्थानीय तह र प्रदेशमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गराउन सकियो भने भ्रष्टाचार नियन्त्रणमा ठूलो सहयोग पुग्ने उनले बताए ।




प्रतिक्रिया