सवा ५ करोडको राजस्व मुद्दा: सिभिल बैंकले हार्‍यो, सरकारले जित्यो

सवा ५ करोडको राजस्व मुद्दा: सिभिल बैंकले हार्‍यो, सरकारले जित्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सिभिल बैंकले ५ करोड २५ लाख ३७ हजार १ सय २४ रुपैयाँ १४ पैसा बराबरको मुद्दा हारेको छ।

आर्थिक वर्ष २०६८–०६९ को आयकरको विषयलाई लिएर सिभिल बैंकले ठूूला करदाता कार्यालयको विरुद्ध प्रशासकीय पुनरावलोकनका लागि राजस्व न्यायाधिकरणमा दर्ता गराएको उक्त मुद्दाको फैसला सरकारको पक्षमा आएको हो।

करयोग्य आय कायम गरेको ठूला करदाता कार्यालयले ठहर गरेकोमा बैंकले ठूला करदाताले निर्धारण गरेको आयकरमा असन्तुष्टि जनाएको थियो।

न्यायाधिकरणका अध्यक्ष किशोर सिलवाल, राजस्व सदस्य जीवनकुमार घिमिरे र लेखा सदस्य डम्मर बहादुर कार्कीको इजलासले ठूला करदाता कार्यालयले गरेको निर्णयलाई नै सही सावित गरेको हो।