अस्वस्थ धनगढीका मेयरलाई दिल्ली रेफर गरियो

अस्वस्थ धनगढीका मेयरलाई दिल्ली रेफर गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल बिरामी भएका छन् । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको   माया मेट्रो अस्पताल भर्ना भएका हुन् ।

उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार गरिराखीएकोमा आज भने उनलाई दिल्ली रेफर गरिएको छ । मष्तिकको एउटा नसामा समस्या देखिए पछि न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको हो ।

मेयर हमाललाई शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभको कामना गरेका छन् ।