विराटनगर – आन्तरिक राजस्व कार्यालयले सार्वजनिक सूचना जारी गरेको पाँच महिना बितिसक्दा पनि मोरङका ३५ उद्योगी व्यवसायीले अझै कर तिरेका छैनन्। कार्यालयले जेठ ७ गते ३७ करदाताको स्थायी लेखानम्बर, नाम ठेगाना र कर बक्यौता खुलाई सूचना जारी गरेको थियो।
उनीहरूसँग २१ करोड ८४ लाख ६१ हजार ६ सय २६ उठाउनुपर्नेमा दुई करदाताबाट २३ लाख ८६ हजार सात सय ३९ रुपैयाँ मात्र संकलन भएको छ। बाँकी २१ करोड ६० लाख ७४ हजार आठ सय ८७ रुपैयाँ असुल्नुपर्ने देखिन्छ। यसमा १६ करोड २१ लाख ४६ हजार नौ सय ३७ रुपैयाँ मूल्य अभिवृद्धि कर(भ्याट) तथा पाँच करोड ३९ लाख २७ हजार नौ सय ५० रुपैयाँ आयकर समावेश छ।
‘धेरैजसो सम्पर्कमै आएका छैनन्’, कार्यालयप्रमुख दिलीपकुमार गौतमले भने। राजस्व कार्यालयले एकैपटक उनीहरूविरुद्ध कर दाखिलाका लागि सूचना जारी गरेको पनि होइन। सबैभन्दा पहिले स्थलगत भ्रमण गरी फेला परेका व्यवसायीलाई भेटेरै उक्त कार्यालयका अधिकृतहरूले कर भुक्तानीका लागि अनुरोध गरेको उनले बताए। यो खबरआजको कान्तिपुर दैनिकमा छ।




प्रतिक्रिया