काठमाण्डु- सहकारी ठगी, सम्पत्ति सुदृढीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज कास्की जिल्ला अदालतले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
रविलाई कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया