काठमाडौँ – एउटा यात्रुबसमा दुई युवकले एक्कासि एक महिलाको झोला ताने । ‘चोर ! चोर !! भन्दै चिच्याउँदै झोला फुत्कन नदिन बल गर्दै थिइन् उनी ।
लुटरा र महिलाबीच झोला तानातान चल्दै थियो । संयोगले बसमा सादा पोसाकमा प्रहरी रहेछन् । उनीहरुले खलासीलाई तत्काल ढोका बन्द गर्न लगाए । सादा पोसाकका प्र्रहरी र लुटेराहरुबीच केहीबेर घम्साघम्सी चल्यो ।
लुटेरा भाग्न खोज्थे, प्रहरी रोक्न । पीडित महिलाले तत्काल प्रहरीमा खबर गरी थप सहयोग मागिन् । एकैछिनमा थप प्रहरी आए र ती लुटेरालाई नियन्त्रणमा लिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।




प्रतिक्रिया