नेकपा एसमा कार्यविभाजनको किचलो, स्थायी कमिटीले टुंगो लगाउँदै

नेकपा एसमा कार्यविभाजनको किचलो, स्थायी कमिटीले टुंगो लगाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीमा नेताहरूको कार्यविभाजनमा विवाद बढेको छ । नेताहरूमा कुरा नमिलेपछि स्थगित भएको स्थायी कमिटीको बैठक आज बस्दैछ ।

बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन टुंग्याउने दाबी गरिएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको कार्यविभिाजनका प्रस्तावमा छलफल गरेर निर्णय गर्ने बैठकको तयारी छ ।

गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको छैन । नेताहरूलाई पद पुर्‍याउन २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने गृहकार्य भएको छ । पार्टी भित्र नेताको व्यवस्थापन गर्न नेतृत्वलाई सकस भएको देखिन्छ ।

महाधिवेशनअघि स्थायी कमिटी सदस्य रहेका र महाधिवेशनमा पोलिटब्युरो सदस्य भएकाहरूलाई स्थायी कमिटीमा ल्याउने गरी मापदण्ड बनेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।

यसो गर्दा रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामचन्द्र झा, डा. विजय पौडेल, बलराम बास्कोटा, उर्वादत्त पन्त, विश्वनाथ प्याकुरेल र साध्यबहादुर भण्डारीलगायतका नेता स्थायी कमिटी सदस्यमा बढुवा हुनेछन् ।