पुस २ गतेसम्म मुग्लिन–पोखरा सडक बन्द रहने

पुस २ गतेसम्म मुग्लिन–पोखरा सडक बन्द रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक बन्द रहने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ बजेदेखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई कार्यालयले अनुरोध गरेको छ ।