बहुलवादलाई निषेध गर्न संविधान संशोधन गर्न लागिएको भ्रम फैलाइयो : पूर्वमन्त्री साउद

बहुलवादलाई निषेध गर्न संविधान संशोधन गर्न लागिएको भ्रम फैलाइयो : पूर्वमन्त्री साउद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यबाट संविधान संशोधन गर्न लागिएको भ्रम फैलाइएको बताएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले कुनै पनि ठाउँमा २ दलीय शासन स्थापित गर्ने वा ज्यादा दल र विचार समाजमा आउने बहुलवादी संस्कृतिलाई कुनै पनि किसिमले निषेध गर्ने उद्देश्य अहिलेको मोडर्न प्रजातन्त्रमा कसैको पनि नहुने बताए ।

अहिले सरकार संविधान संशोधनको प्रक्रियामा रहेको र सरकार पश्चगामी बाटोतिर नजाने उनले बताए । उनले २०–२५ हजार भोटले एक सांसद हुने, दलहरू थरीथरी खुल्ने, मिश्रित निर्वाचन पद्धतिले एकल दलको बहुमत आउने सम्भावना नहुने, सानासाना १ दल, २ दल, ३ दल हुँदाहुँदा २५ सिट पाउने दलसँग पनि प्रत्यक्षमा १ सिट जित्ने हैसियत नहुने स्थिति रहेकाले कुनै न कुनै रूपमा त्यसलाई समाधान गर्नुपर्नेमा राष्ट्रिय सहमति बनेको बताए ।

सांसद साउदले एकदलीय शासन व्यवस्थालाई विश्वास गर्ने कम्युनिष्टहरूले बहुदलीय व्यवस्थाबारे आवाज उठाउँदा आफू सन्तुष्ट रहेको बताए ।