एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन भोलि गर्ने

एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन भोलि गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन भोलि आईतबार गर्ने भएको छ ।

शनिबार बसेको स्थायी कमिटीको बैठकले कार्यविभाजन आईतबार गर्ने तयारी गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकमा आगामी कार्ययोजना र कार्यविभाजनमा छलफल भएको थियो ।

बैठकमा जगन्नाथ खतिवडासहित जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेलले धारणा राखेको थिए ।

बैठकमा नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साहले समेत धारणा राखेका थिए ।