सेयर बजारमा ५१ अंकको पहिरो

सेयर बजारमा ५१ अंकको पहिरो


काठमाण्डु– सोमबार सेयर बजारमा ५१ अंकको पहिरो गएको छ । नेप्से ५१ अंकले घट्दा परिसुचक २६३० अंकमा झरेको छ ।

आज १ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको कारोबार भएको छ ।

यसदिन कारोबारमा आएका २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर बढेको छ । यस्तै २ कम्पनीको सेयर स्थिर रहेको छ ।

कारोबारका आधारमा आज एनआरएन इन्फ्राइन्सटक्चर कम्पनीले २६ करोड बराबरको कारोबार गर्यो ।

बजार राताम्मे हुँदापनि कुथेलि बुखारी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।