काठमाडौँ – यातायात व्यवस्था विभागको सर्भर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को आवेदन खुला गरेकै दिन सर्भरले धान्न नसक्दा यस्तो अवस्था आएको हो ।
चाडपर्वका कारण एक महिना बन्द गरिएको उक्त आवेदन फारम यही मंसिर ७ गते खुलेकै दिन बन्द भएको थियो । यस्तो समस्या आएपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।




प्रतिक्रिया