सेना-प्रहरीको पोशाक खरिदमा अनियमितता
काठमाडौं – सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन सुरु गरेको छ । महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरीबलको लत्ताकपडा खरिद अपारदर्शी र सार्वजनिक खरिद ऐनविपरीत भेटिएपछि छानबिन सुरु गरेको हो ।
आव २०७४-०७५, २०७३र०७४ र २०७२-७३ को पोशाक खरिदका विषयमा छानबिन भइरहेको महालेखाले जनाएको छ ।हरेक वर्ष सुरक्षाकर्मीले बुट, चुस्ता, ट्राउजर, ज्याकेटलगायत मौसमअनुसारका आधादर्जन लत्ताकपडा पाउनुपर्ने व्यवस्था रहेको छ।
तर, खरिदमा हिनामिना र ठेककेदारले शर्तअनुसार सामान उपलब्ध नगराउँदा तिनवटै सुरक्षा निकयका सदस्यले सरकारले तोकेअनुसार लत्ताकपडा पाउन सकेका छैनन्। यो खबर आजको कारोवार दैनिकमा छ ।