निगमलाई दैनिक चार करोड नाफा 

निगमलाई दैनिक चार करोड नाफा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – १५ दिनका लागि साढे ५६ करोड नाफा सुनिश्चित गरेर नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाएको छ।

सोमबार रातिदेखि लागू हुने गरी भएको समायोजनसँगै पेट्रोल एक सय १२ तथा डिजेल र मट्टितेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ। दुई रुपैयाँ घटाएर बेच्दा पनि निगमलाई १५ दिनमा ५६ करोड ५८ लाख नाफा हुनेछ। अहिले दैनिक करिब ५० करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री हुन्छ ।

यो हिसाबमा दिनमै करिब ४ करोड नाफा हुन्छ । निगमले कम नाफा राखेर समायोजन गरेको भए पेट्रोलियमको भाउ अझै कम हुने थियो। निगम प्रवक्ता वीरेन्द्र गोइतले चालू आर्थिक वर्षको सुरुबाटै निरन्तर नोक्सान भइरहेका कारण अहिले नाफा राखेर मूल्य समायोजन गरेको बताए ।

विगतमा भएको नोक्सानीलाई भर्पाइ गर्न अहिले चर्को नाफा राखेर मूल्य थोरै घटाएको निगमको तर्क छ। निगमले मंगलबारदेखि एक लिटर पेट्रोल बिक्री गर्दा ११ रुपैयाँ ४४ पैसा नाफा आर्जन गर्नेछ। देशभर दैनिक ११ लाख लिटर पेट्रोल खपत हुन्छ । त्यस्तै, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८१ पैसा नाफा राखिएको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।