परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली

परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

पूर्वराजदूत शाहको ९२ बर्षको उमेरमा आज बिहान निधन भएको हो । मन्त्री डा. राणाले आज दिउँसो काठमाडौँको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि दिएकी हुन्।

परराष्ट्र सेवामा रहेकी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् । उनी नेपालको प्रथम महिला राजदूत हुन् ।