अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाइ दिँदै प्रधानमन्त्री ओलीले भने-मिलेर काम गर्न उत्सुक छु

अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाइ दिँदै प्रधानमन्त्री ओलीले भने-मिलेर काम गर्न उत्सुक छु


काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले समाजिक सञ्जाल एक्समार्फत अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई दिएका हुन् ।

प्रधामनन्त्री ओलीले बधाइ दिँदै लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुभएकोमा डोनाल्ड जे. ट्रम्पलाई मेरो हार्दिक बधाई छ । सफल कार्यकालको शुभकामना पनि । नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ, र म यो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न उत्सुक छु ।’

प्रधानमन्त्री ओलीको यो सन्देशले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरिएको छ ।