काठमाडौं – निजामती किताबखानाले झुक्काएर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोड भन्दा बढी रकम असुल्ने निर्णय गरेको छ। रकम असूल उपर नुहाँदासम्म ती सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णसमेत किताबखानाले गरेको छ।
गत आर्थिक वर्ष २०७४-७५ र चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको अवधिमा पाँच दर्जन बढी कर्मचारी कारबाहीमा परेको किताबखानले जानकारी दिएको छ। कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि सहसचिवस्तरका कर्मचारी रहेका छन्।
किताबखानाका अनुसार पहुँच र शक्तिका भरमा तथा सरकारलाई ढाँटेर जागिर खानेहरुमाथि कारबाही थालिएको हो। यसअघि किताबखानाले कडाइ नगर्दा कतिपय कर्मचारीले सेवानिवृत भएको सात वर्षसम्म पनि जागिर खाइरहेको पाइएको छ।
तर अहिले किताबखानाले विशेष निगरानी गर्दै खोजतालासलाई व्यापक पार्न थलेपछि बढि अवधि जागिर खाएका कर्मचारी धमाधम कारबाहीमा पर्न थालेका हुन्। किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले उमेर सकिएपछि पनि जागिर खाने कर्मचारीबाट करौडौं रुपैयाँ असुल गर्ने निर्णय भएको जानकारी दिए। यो खबर राजधानी दैनिकमा छ ।




प्रतिक्रिया