कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?


काठमाण्डु- देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको आएतबार पनि रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले कोशी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आइताबर दिउसो कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ । साथै अन्य प्रदेशको मौसम मुख्यतया सामान्य रहने छ । राति पनि कोशी प्रदेशमा आंशिक बदली रही अन्यत्र मौसम सफा रहनेछ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।