नुवाकोट – १२ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–१ जब्बरे बस्ने १९ वर्षीय राजकुमार दमाईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राजकुमारले ती बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दानसिंहबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
करणी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया