अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ


बाँके – प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित बाँकेबाट १ जनालाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १०० मिलिग्रामसहित बैजनाथ गाउँपालिका–२ बस्ने २५ वर्षीय हेमन्त प्रकाश रानालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले कोहलपुरबाट चिसापानीतर्फ जाँदै गरेको भे१०प ८४७८ नम्बरको स्कुटरमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।